सरकारले खेलकूदका लागि पर्याप्त बजेट विनियोजन गरेन – Kanika Khabar
Monday, November 17Nepali News Portal

सरकारले खेलकूदका लागि पर्याप्त बजेट विनियोजन गरेन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, काठमाडौं ।
कोरोनाका कारण सरकारले खेलकूदका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन्।

आर्थिक वर्ष २०७७–७८ को विनियोजन शीर्षकमाथिको छलफलमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री विश्वकर्माले महामारीकै कारण खेलकुदमा बजेट कम भएको बताएका हुन्।

ुबजेट न्यून भएका कारण खेलकुदका सबै विषयलाई सम्बोधन गर्न सकेका छैनौँ, त्यसैले यो बजेटबाट पुरानै तर अत्यवाश्यक काममा मात्र खर्च गरिनेछ।

अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा मन्त्रालयका लागि रु दुई अर्ब ३८ करोड विनियोजन बजेट बाट स्थानीय तहमा सञ्चालित खेलग्रामका लागि रु ४० करोड विनियोजन गरिएको छ। चालु आवमा ८४ स्थानीय तहमा खेलग्रामअन्तर्गत बजेट विनियोजन भई काम भइरहेको छ।

यस्तै बजेटको झण्डै डेढ अर्ब रुपैयाँ कर्मचारीको तलबमा खर्च हुनेछ। पुराना आयोजनालाई बजेट निरन्तरता दिँदा नयाँ आयोजनाका लागि १९ करोड बजेट उपलब्ध भएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्