टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुने

    मा प्रकाशित

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्र्तगत आज दुई खेल हुने भएका छन् । आजको पहिलो खेल न्यूजिल्याण्ड र अफगानिस्तानबीच हुनेछ भने दोस्रो खेलमा पाकिस्तान र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । गएराति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।

 

दक्षिण अफ्रिकाले इङ्ल्याण्डलाई १० रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाविरुद्ध १ सय ९० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ८ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । जित हासिल गरेपनि दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको छ ।समूह चरणको अन्तिम खेलमा इङ्ल्याण्डलाई पराजित गरेपनि नेट रनरेटका आधारमा दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको हो ।

 

समूह १ बाट इङ्ल्याण्ड र अष्ट्रेलिया क्रमश समूह विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन् । यस अघि हिजो नै भएको पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाले वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्