आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज चेन्नई र पञ्जाब बीच खेल हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज चेन्नई र पञ्जाब बीच खेल हुने

    मा प्रकाशित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि एक मात्र खेल हुने भएको छ । आज हुने एक मात्र खेलमा पञ्जाब किङ्ग्स र चेन्नई सुपरकिङ्ग्स बीच प्रतिस्पर्धा हुनेछ । पुछारबाट दोस्रो र तेस्रो स्थानमा रहेको यी दुई टोलीबीचको खेल मुम्बईस्थित वान्खेडे स्टेडियममा साँझ ७ : ४५ मा सुरु हुनेछ ।

 

यसअघि हिजो भएको खेलमा मुम्बई इन्डियन्सले लगातार आठौं पटक हार व्यहोरेको छ । गयराति भएको खेलमा लखनउ सुपर जाइन्ट्ससँग ३६ रनले पराजित हुँदै मुम्बईले लगातार आठौं हार व्यहोरेको हो ।

 

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो । १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।जारी सिजनमामुम्बईले एक खेलमा पनि जित निकाल्न सकेको छैन भने लखनउको यो पाँचौ जित हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्