टुवान याङ टेरुतमा फुटबलको दोस्रो खेलमा आज एनआरटीले पेनाङसँग खेल्दै – Kanika Khabar
Friday, April 26Nepali News Portal

टुवान याङ टेरुतमा फुटबलको दोस्रो खेलमा आज एनआरटीले पेनाङसँग खेल्दै

    मा प्रकाशित

असार १८, दाङ ।
टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबलको दोस्रो खेलमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले आज पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको पेनाङ सिटी रङ्गशालामा एनआरटीले दोस्रो खेलमा मलेसियन सुपर लिग क्लब पेनाङसँग खेल्नेछ ।

 

खेल नेपाली समय अनुसार साँझ साढे ६ बजे सुरु हुनेछ । यसअघि बिहीवार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ गोल अन्तरले पराजित भएको थियो ।

 

पेनाङ शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।

 

मलेसिया भ्रमणपछि एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्