संखुवासभा–अमेरिका जनसम्पर्क समितिद्वारा बिपद् राहत कोषमा १ लाख ९७ हजार सहयोग – Kanika Khabar
Sunday, April 27Nepali News Portal

संखुवासभा–अमेरिका जनसम्पर्क समितिद्वारा बिपद् राहत कोषमा १ लाख ९७ हजार सहयोग

    मा प्रकाशित

कृष्णराज शाक्य
साउन २, संखुवासभा
नेपाली काँग्रेस संखुवासभाले प्राकृतिक विपद्मा परेकालाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको नेपाली काँग्रेस बिपद् राहत कोषमा संखुवासभा– अमेरिका जनसम्पर्क समितिले रकम सहयोग उपलब्ध गराएको छ । संखुवासभा घर भइ अमेरिकामा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नेपालीबाट रकम संकलन गरि उक्त रकम उपलब्ध गराइएको संखुवासभा–अमेरिका जनसम्पर्क समितिका अध्यक्ष कृष्णराज गिरीले बताए । उनले प्राकृतिक विपद्बाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन उक्त रकम पठाइएको र थप रकम संकलन हुने क्रम जारी रहेकाले सहयोग गर्न चाहने दाताहरूलाई थप सहयोगको समेत आग्रह गरिएको जानकारी दिए ।
कोषमा यसअघि विश्व किर्तिमानी आरोही मिङमा शेर्पाले १ लाख, काँग्रेस नगर सचिव रबिन गौतमले ५ हजार, नेबिसंघका केन्द्रिय प्रतिनिधी अनुज चापागाईले ५ हजार गरि हालसम्म ३ लाख ७ हजार ३ सय ६८ रुपैयाँ जम्मा भइसकेको नेपाली काँग्रेसका जिल्ला सचिव तथा राहत कोषका संयोजक निरु तामाङ्ग बस्नेतले जानकारी दिइन् ।
संकलित रकमबाट शिलिचोङ् पहिरो पीडितलाई ७० हजार बराबरको अत्यावश्यक सामग्री खरिद गरि पठाइएको काँग्रेस जिल्ला सभापति दिपन कुमार श्रेष्ठले जानकारी दिए । पीडितका लागि प्रदेश सरकार र पूर्वराज्यमन्त्री दिपक खड्काबाट बिहीबार हेलिकप्टर मार्फत खाद्यान्न लगायत अत्यावश्यक सामग्री राहतस्वरुप उपलब्ध भएको शिलिचोङ्ग गाउँपालिकाले जनाएको छ । असार २७ गते शिलिचोङ १ बेसिन्दामा गएको पहिरोमा परि ११ जना बेपत्ता छन् भने उद्धार गर्ने क्रममा एक जनाको ज्यान गएको छ । पहिरोबाट ८२ घरधुरीका करिब ४ सय विस्थापित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्