कोभिडको बालमनोवैज्ञानिक असर र समाधान – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

कोभिडको बालमनोवैज्ञानिक असर र समाधान

    मा प्रकाशित

‘बाबा घुम्न लैजानु न’ आभूषणले घर बसाइँको पट्ट्यारिलो फट्कार्दै मलाई झकझक्याउदै बारम्बार भनिरह्यो । मैले उसलाई तत्कालीन स्वास्थ्य जटिलताले घेरेको कुरा बुझाउन सकिरहेको थिएनँ । उसको जिद्दीका अगाडि हार मानेर अन्ततः उसलाई घुमाउन लाने निधो गरी तयारी थालँे ।
एक्कासी उसले सोध्यो, ‘बाबा यो कहाँ ल्याएको ?’
मैले सहजै उत्तर दिएँ, ‘रसिया, जापान, पोल्यान्ड, युरोप, अमेरिका, फ्रान्स, इटाली,… भन्दै थिएँ, झट्टपट्ट ‘किन ल्याएको यहा ?’ उसले सोध्यो ।
मैले भने प्रथम विश्व युद्द र दोस्रो विश्व युद्द्मा मानिसहरू घरबाट बाहिर ननिस्कन कुनै शक्तिहरुले अपिल गरेको थिएन तर पनि मानिसहरू बाँच्ने आशामा एक्लै एक्लै बसेका थिए । सकेसम्म आआफ्नो घरभित्र बसेका थिए । ती विश्व युद्दमा कति रास्ट्रहरु आफूलाई अब्बल देखाउन अनि निर्धा रास्ट्रहरुलाई आफ्नो अधिनायकत्व जमाउन हौसिएका थिए । मृत्युको कुनै प्रवाह नगरी आआफ्नो तर्फबाट युद्द छेडिरहेका थिए । अहिलेको परिस्थिति बेग्लै हो ।
‘अहिलेको परिस्थिति के हो र बाबा ?’ आँखा ठूलो ठूलो अनि कान ठाडा ठाडा पार्दै उसले अधैर्य भएर प्रश्न तेर्सायो ।
मैले उसलाई शान्त पार्दै बिस्तारै भने, ‘अहिले अत्यन्त शक्तिशाली प्रभाव जमाएका रास्ट्रप्रमुखदेखि शक्तिका बागडोर हातमा लिएका अनि आम सर्वसाधारण सबैलाई थर्कमान हुने गरी एउटा सानो तर अनियन्त्रित नोबेल कोरोना भाइरसले हत्तु ख्वाईदिएको छ ।’
‘बाबा के हो त्यो नोबेल कोरोना भाइरस भनेको ?’ मलाई बिचमा रोक्दै उसले फेरि सोध्यो ।
‘चीनको वुहान प्रान्तबाट फैलिएको महामारीको रुप लिईसकेको एक अनियन्त्रित भाइरस हो । यो भाइरसलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले पूरा बिश्व नै सखाप पारिदिन्छ ।’ मैले उसलाई बुझाउन खोजेँ ।
‘बाबा यो सुनामी भन्दा पनि खतरनाक हो ?’ उसको जिज्ञासा बढदै गएको मैले अनुभूति गरेँ । फेरि मैले भने यो सुनामी जति खतरनाक होइन । तर यसको नियन्त्रण समयमै भएन भने सुनामीले जस्तो कुनै ठाउँ बिशेषलाई होइन पूरै विश्व खरानी बनाई छोड्छ । खुशीको कुरा के छ भने यो भाइरसबाट हामी सबका सब बच्न सक्द्छौँ ।
कसरी? झ्वाट्ट उसको प्रश्न खसिपो हाल्यो ।
कसरी भने सुनामी आउँदा हामीले भाग्ने मौका पाउदैनौँ । हामी बस्ने घर, खाने खाद्यान्न, लगाउने लत्ताकपडा अनि बिरामी पर्दा औषधि उपचार गर्ने स्वास्थ्य संस्था सबै ध्वस्त यानेकी काम नलाग्ने गरी क्षतिग्रस्त हुन्छ्न तर यो भाइरसले सावधानी अपानाउदा केही पनि क्षति गर्दैन । अझ भन्ने हो भने यसले हामीलाई छुन देख्न पनि पाउदैन ।
अँ अँ भन्दै उसले कुरा बुझे जसरी आफ्नो टाउको हल्लायो । अनि मैले फेरि थपे तिमी सानो छँदा नेपालमा महाभुकम्प गएको थियो २०७२ साल बैशाख १२ गते शनिबारको दिन । त्यो बेला पनि दैवी प्रकोपले धेरै मानिसहरूले आफ्नो ज्यान अकालमा गुमाउनु परेको थियो ।
त्यसबेला पनि अहिले जस्तो मानिसहरू किन सावधानी न अपनाएको बाबा ? उसले बडो उत्सुक हुँदै सोध्यो ।
हो यही नेर ख्याल गर्नु पर्छ बाबू हामीले । त्यो बिनाशकारी महाभुकम्प हामीलाई सुईको समेत नदिएर कुनै निश्चित ठाउँमा मात्र आएको थियो । जब एक पटक भुकम्प आयो त्यसपछि मानिसहरू निक्कै सावधान भएर धेरै क्षति हुनबाट बचेको थियो । तर हेरन भुकम्प जस्तो कुनै निश्चित ठाउँमा यो नोबेल कोरोना भाइरस त्यसरी सुटुक्क आएको छैन । यसले त विश्वभरि आतङ्क फैलाउदै मानिसहरूलाई त्रसित गर्दै सक्छौ भने बाँच भन्दै चुनौती दिदै आएको छ ।
अब हामी कसरी बाँच्न सकिन्छ त बाबा? उसले रुञ्चे स्वरमा भन्यो ।
मैले उसलाई हौसला दिदै भने डराउनु पर्दैन । नियमित रुपले साबुन पानीले हात धुने । भीडभाडमा नजाने । आवश्यक काम परिहाले सामाजिक सञ्जालबाट सुल्झाउने प्रयास गर्ने । त्यसरी नभए मास्क प्रयोग गरी सामाजिक दूरी कम्तीमा एक मिटर कायम गरी आफ्नो अत्यावश्यक काम समपन्न गर्ने । सकभर घर बहिर ननिस्कने । अरु कसैले छोएको चिज बस्तु छुनु लगत्तै सावुन पानीले हात मिचिमिची कम्तिमा एक मिनेट सफासँग धुने ।
मैले आफ्नो कुरा नसक्दै उसले टिभिमा हेर्ने मोटु पत्लु कार्टुनको डाक्टर झटकालाई एन्टिडोट बनाउन किन नभनेको होला बाबा भनेर सोधिहाल्यो ।
बाल मस्तिष्कमा पर्ने असरलाई मैले सहजै अड्कल लगाएँ । एउटा टेलिभिजनमा आउने कार्टुनको त्यति ठूलो प्रभाव पर्दोरहेछ भने हामीले दैनिक गर्ने क्रियाकलाप, बोल्ने बोली भाषाले कस्तो असर पर्छ होला भन्ने सोचले मेरो मगज क्षण भरमै खलबलाईदियो ।
म कतै हराएको देखेर उसले फेरि सोध्यो, भन्नू न बाबा किन नभनेको ?
मैले उसलाई सम्झाउदै त्यो क्यामेरामा कैद गरेको दृश्य हो । त्यो एउटा परिकल्पना मात्र हो यथार्थ होइन । त्यो र त्यस्ता सामग्रीहरु मनोरञ्जन र तिमी हामीहरुलाई ज्ञान दिन हप्तौं, महिनौं वा बर्षौ लगाएर तयार पारिएका काल्पनिक र केही कुनै घटनामा आधारित प्राविधिक सामग्री हुन । त्यसैले डाक्टर झट्का पनि काल्पनिक पात्र हुन र उनले पत्ता लगाउने एन्टिडोट पनि काल्पनिक नै हो । त्यसकारण त्यो एन्टिडोटले काम गर्दैन ।
हाँस्दै उसले भन्यो, त्यसो भए तपाईले पत्ता लगाएको एन्टिडोटले त पूरै काम गर्छ होला नि बाबा ?
म अक्क न बक्क भएँ उसको कुरा सुनेर । अनि उसलाई नै प्रश्न गरे मैले कुन चाहिँ एन्टिडोट पत्ता लगाएँ र ?
उसले भन्यो घरभित्र बसेर नयाँ नयाँ ज्ञानवद्र्धक पुस्तक पढ्ने । नेट ईन्टरनेटमा गएर नयाँ नयाँ खोज मुलक कुरा खोजेर पढ्ने । कोठामै खेल्न सकिने चेस, लुडो क्यारमबोर्ड जस्ता खेल खेन्ने । आफूले जानेको चुट्किला, कथा, कविता एक अर्कालाई सुनाउने । अनावश्यक घर बाहिर नजाने । बरु योग, ध्यान गर्ने । यति गरे त त्यो नोबेल कोरोनाले साथी कोही नपाएर आफ्नो घर जान्छ होला होइन बाबा । अनि गरेन त तपाईंले पत्ता लगाएको एन्टिडोटले काम ।
उसको कुरा सुनेर म मुसु मुसु हाँसिरहेँ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्