जल समाधि, अग्नि समाधि आदि गरी पाँच प्रकारका समाधि परम्परा छन्। जसमा नाथ सम्प्रदाय मूलतः थल समाधि परम्परामा आधारित भएकोले यो समाधि पूजक सम्प्रदाय हो ।
आगम परम्परा वस्तुतस् निर्गुण परम्परा हो, यसमा ईश्वर अलख ९नदेखिने० तर योगबलद्वारा मात्र अनुभूति हुने विश्वास रहिआएको छस तापनि मृतात्माको सम्झनामा मृत देहलाई नै ईश्वरको प्रतीक मानेर मृतिका (माटोमा गाड्ने) समाधि दिएर पूजा गर्ने परम्परा रहेको छ । त्यसैले त राम, कृष्ण, गणेश, हनुमान ,शिव, सरस्वती जस्ता प्रसिद्ध नामका मन्दिर बाहेक अन्य सबै मठमन्दिररु नाथरसन्यासीका नाममा नै भेटिन्छन् सिद्ध रत्ननाथ मन्दिर, भगवन्तनाथ मन्दिर आदि। अर्को तर्फ निगम परम्परामा मूलतस् अग्नि समाधि दिने गर्छन् र मृतात्मालाई पिण्डपानी दिएर पितृरूपमा श्राद्ध वा श्रद्धा गर्छन् । त्यसैले निगम मार्गीहरु जतिसुकै प्रतापी भए पनि मृतात्माको नाममा मन्दिर बनाउँदैनन् र निगम मार्गीको बाहुल्य भएको स्थानमा समाधि (लाश गाडेको स्थान) देखेर फोहर वा अपवित्र मान्छन् , जब कि सतीदेवीज्यूको अङ्गगपतन भएको स्थानलाई भने पूजा गर्दै आएको देखिन्छ ।
मननीय छ कि देवीज्यूको अङ्गपतन भएको स्थान पूजनीय मानिनु पनि एक अर्थमा समाधि पूजा नै हो । सारा विश्वमा अद्यापि गाड्ने परम्परा नै बढी प्रचलित छ जुन सनातन शैव संस्कृतिको व्यापकता र उदारताकै परिणाम हो। अहिले आएर यस्ता ऐतिहासिक, सांस्कृतिक परम्पराहरुको विशेषता न केलाइनाले गर्दा समाधि दिने समुदाय (जो कि अल्पमतमा छन्) को समाधि परम्परा नै लोप हुने अवस्थामा छ ।
नाथ मठमन्दिरहरु साँघुरिदै जाँदा त्यहाँ समाधि दिने स्थानको अभावले गर्दा होला समाधि परम्परालाई नै बेवास्ता गर्न थालिएको महसूस गरिएको छ । यसमा सम्बन्धित निकायहरुले जिम्मेवारी नलिदिने हो भने एउटा सिंगो शैव, नाथ, प्राकृत, आदिवासी संस्कृति नै लोप हुने अवस्थामा आएको छ । नेपालको सुन्दरता, महिमा र भविष्य यहाँका हरेक जातिका परम्परामा, कलामा, संस्कारमा बाँचेको छ ।
मा प्रकाशित