वडाध्यक्ष थापामाथि हातपात – Kanika Khabar
Friday, April 26Nepali News Portal

वडाध्यक्ष थापामाथि हातपात

    मा प्रकाशित

दाने बोहरा
माघ ४, हुम्ला ।
हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर एकका अध्यक्ष रग थापामाथि हातपात भएको छ ।श्रीनगरको थलान्ल मोडदेखि कल्ख्या सम्मको सडक अनुगमनका क्रममा उहाँमाथि स्थानीयले हातपात गरेका हुन् । थापाको टाउको, मुख र शरिरमा चोट लागेको छ । अध्यक्ष थापालाई ६ वटा टाका लगाइएको छ ।

वडाध्यक्ष थापाले प्राविधिकको सर्भे विना श्रीनगरको सडक मनपरी ढंगले काट्न नहुने भन्दै सम्झाउन खोज्दा स्थानीयले ढुङगा मुडाले हान्दा वडाध्यक्षसहित तीनजना घाइते भएको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिनुभयो । कुटपिटमा संलग्न स्थानीयले आफैं भोट दिएर निर्वाचीत गरेका कारण आफुहरुले हातपात गर्न पाउने बताएका छन् । घाइते हुनेमा वडाध्यक्ष रग थापा, स्थानीय दिपक थापा र मक्क थापाको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्