बाइडनको चीन लक्षित कदमको प्रतीक्षा – Kanika Khabar
Friday, April 26Nepali News Portal

बाइडनको चीन लक्षित कदमको प्रतीक्षा

    मा प्रकाशित

हर्ष वि. पन्त

चिनियाँ राष्ट्रपति सि चिन फिङले यो वर्षको विश्व आर्थिक सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कोरोना महामारी विरुद्ध लड्न र विश्व अर्थतन्त्र जोगाउन विश्वका सबै देशबीच सहकार्य गर्नुपर्ने बताए ।

राष्ट्रपति सिले सामूहिक सहकार्यको वकालत गरेको केही दिनमा चीनले दक्षिण चीन सागरमा पर्ने पूर्वी भियतनामस्थित टन्किनको खाडीमा सैन्य अभ्यास गर्ने आशय व्यक्त गरेको छ । यो चीनको नयाँ खालको कूटनीतिक अभ्यास हो ।

तर, विश्वले चीनको आक्रमक गतिविधिको तुलनामा उसले वकालत गर्ने सहकार्यको विषयलाई बढी गम्भिरता पूर्वक लिन्छ । साना र अति कमजोर देशबारे चीनले लिने नीति विश्वको हितमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको विश्वास रहने गर्छ ।

डाभोसमा हालै भएको विश्व आर्थिक सम्मेलनको भर्चुअल बैठकमा चिनियाँ राष्ट्रपति सिले विश्वले बहुपक्षीय सहकार्यमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनको यो आशय अमेरिका र उसका साझेदार देश लक्षित थियो ।

चीन ती देशले आफूसँग ‘वैचारिक पूर्वाग्रह’ साँधेको विश्वास गर्छ । बैठकलाई भर्चुअल सम्बोधन गर्दै सिले एकपटक फेरि सन् २०१७ मा जस्तै सन्देश दिन खोजेका थिए ।

संरक्षणवाद र वैचारिक पूर्वाग्रह’ लाई अस्वीकार गर्ने बताएका चिनियाँ नेताहरूको सन्देश चिनियाँ शर्त पालन गराउने हो । निश्चित रूपमा राष्ट्रपति सिको भाषणपछि चिनियाँ सेनाले दक्षिण चीन सागरमा सैन्य अभ्यास गर्ने आशय व्यक्त गरेको हो ।

त्यसबेला चीनले आफूलाई विश्व आर्थिक व्यवस्थाको संरक्षकको जस्तो व्यवहार प्रस्तुत गरेको थियो । अमेरिकाले संरक्षणवादी नीति लिएको उक्त समयमा चीनले विश्व व्यवस्थालाई नेतृत्वदायी भूमिका दिन तयार रहेको जनाउ दिएको थियो ।

सन् २०१७ र अहिलेको अवस्थामा फरक छ । त्यसबेला अमेरिका डोनाल्ड ट्रम्पको नेतृत्वमा थियो जो ‘अमेरिका प्रथम’ नीति रटान गर्दै थिए । हाल अमेरिका जो बाइडनको नेतृत्वमा छ जसले अमेरिकालाई विश्वको नेतृत्वदायी भूमिकामा पुनःस्थापित गर्ने बताएका छन् ।

त्यसैले, संरक्षणवाद र ‘वैचारिक पूर्वाग्रह’ लाई अस्वीकार गर्ने बताएका चिनियाँ नेताहरूको सन्देश चिनियाँ शर्त पालन गराउने हो । निश्चित रूपमा राष्ट्रपति सिको भाषणपछि चिनियाँ सेनाले दक्षिण चीन सागरमा सैन्य अभ्यास गर्ने आशय व्यक्त गरेको हो ।

केही समयअघि संयुक्त राज्य अमेरिकाको थियोडोर रुजवेल्ट नामको पानी जहाजले दक्षिण चीन सागरको नेविगेशन स्वतन्त्रता बढाउन यहाँ प्रवेश गरेको थियो । त्यसैले सिको भाषण बाइडन लक्षित थियो भन्न सकिन्छ ।

बाइडन अमेरिकी राष्ट्रपतिको हिसाबमा आफ्नो अहोदा भर्खर समाल्दै छन् । उनको चिनियाँ नीति कस्तो हुन्छ भन्ने विषयको छनक बल्ल आउँदै छ । ट्रम्प प्रशासनले चीनसँग व्यापार, इन्डो प्यासिफिक, हङकङ, सिङजियान, ताइवान, दक्षिण चीन सागर लगायतका मुद्दामा कडा हिसाबमा प्रस्तुत भएको अवस्थामा बेइजिङलाई अमेरिकाको नयाँ प्रशासनसँग कसरी अघि बढ्ने भन्ने चिन्ता छ ।

त्यसैले अहिले बेइजिङ अमेरिकामा नयाँ प्रशासन आएपछि दुई देशबीचको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने विषयमा अन्योलमा देखिन्छ ।

सुझाव दिने क्रममा सिले आफ्नो प्राथमिकता स्पष्ट पारेका थिए । उनले भनेका थिए, ‘अन्य देशको आन्तरिक मामिलामा हस्तक्षप गर्न बन्द गर्दै हामीले फरक मतको सम्मान गर्दै समायोजित गर्नुपर्छ ।’

यस्तै उनले फरक मतलाई वार्ता र संवादका माध्यमबाट हल गर्नुपर्ने सुझाव दिएका थिए । उनले पछिल्लो केही वर्षको उदाहरण दिँदै भनेका थिए, ‘इतिहास र तथ्यले के स्पष्ट पारेको छ भने, छद्मरूपमा गरिएको हमला होस् अथवा दुस्प्रचार; त्यो शीत युद्धकालमा, ग्रिष्म युद्धमा अथवा व्यापार युद्धका क्रममा त्यसले आखिरमा सबै देशको स्वार्थ र समुन्नतिमा नै असर पुर्‍याउँछ ।’

जब बाइडनले आफ्नो देश विश्वमाझ पुनः जोडिने बताए, उनले आफ्नो चीन नीतिमा अमेरिकाको पूर्वप्रशासनले लिएको नीति नै अख्तियार गर्छन् भन्ने संकेत आइसकेको छ । चीन त्यही विषयमा चिन्तित छ । ट्रम्पको चीन नीतिलार्ई ‘रणनीतिक भुल’ भन्दै चीनका वरिष्ठ कूटनीतिज्ञ याङ जेइचीले हालै बाइडन प्रशासनलाई जिरोसम गेम, महाशक्तिको पुरानो मानसिकताबाट माथि उठ्दै चीन अमेरिकाको सम्बन्ध मूलधारमा ल्याउन आग्रह गरेका थिए ।

बाइडन प्रशासन कोरोना महामारी, आर्थिक पुनर्उत्थान, जलवायु परिवर्तन, व्यापार र प्रविधि युद्ध जस्ता ठूला मुद्दामा मिलेर काम गर्ने इच्छा राख्न सक्छ ।

राष्ट्रपतिको पदभार समालेपछि आफ्नो पहिलो विदेश नीति सम्बन्धी भाषणामा बाइडनले चीनको ‘आर्थिक दुर्व्यवहार’ अमेरिकाले डटेर सामना गर्ने बताएका थिए । यस्तै, चीनको मानव अधिकारविरोधी गतिविधि रोक्न आवश्यक पर्ने जस्तो सुकै कदम चाल्ने पनि उनले बताएका थिए ।

बौद्धिक सम्पत्ति र वैश्विक शासन प्रणालीमा चीनले पुर्‍याएको खललको विषयमा पनि उनले आफ्नो धारणा भाषणका क्रममा राखेका थिए । इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकाका नयाँ विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पूर्व प्रतिबद्धता दोहोर्‍याउँदै फिलिपिन्सको सुरक्षामा अमेरिका कटिबद्ध रहेको बताएका छन् ।

यस्तै उनले अमेरिका र थाइल्यान्डबीचको सुरक्षा साझेदारीका विषयमा पनि अमेरिकाका तर्फबाट प्रतिबद्धता जनाएका छन् । यसैबीच विदेशमन्त्री ब्लिंकेनले चीनले दक्षिण चीन सागरका विषयमा प्रस्तुत गरेको धारणा अस्वीकार गरेका छन् र दक्षिणपूर्वी एसियामा बढेको चिनियाँ प्रभाव घटाउन अग्रसर हुने बताएका छन् ।

अमेरिकाले समय छँदै केही उपयुक्त कदम चालेन भने क्षेत्रीय शक्ति देशले उदाउँदो चीन र त्यसले पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक कदम चाल्नेछन् । बाराक ओबामाको आठ वर्षको कार्यकालकै कारण चीन अहिलेको शक्तिशाली अवस्थामा आएको छ ।

योसँगै बाइडन प्रशासनले पूर्वी चीन सागरमा पर्ने जपानको प्रशासनिक हैसियत रहेको सेनकाकु टापुमा सुरक्षा जिम्मेवारी पनि लिएको छ । ब्लिंकेनले साझेदारीमा आधारित सहयोगका लागि आफ्नो देश प्रतिबद्ध रहेको बताउँदै बहुपक्षीय संस्था क्वाडको मजबुतिका लागि काम गर्ने बताएका छन् ।

इन्डो प्यासिफिक रणनीतिमा केही स्थानमा केही गम्भीर समस्या रहे पनि अमेरिका—चीनसम्बलाई निरन्तरता दिने यो उपयुक्त समय हो । बाइडनले उनको प्रशासनलाई चीनसँग कस्तो नीति अख्तियार गर्ने भन्ने तयार गर्न केही समय लाग्ला तर क्षेत्रीय शक्ति देशहरू आफूले भोग्नु परेको समस्याका विषयमा स्पष्ट छन् ।

अमेरिकाले समय छँदै केही उपयुक्त कदम चालेन भने क्षेत्रीय शक्ति देशले उदाउँदो चीन र त्यसले पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक कदम चाल्नेछन् । बाराक ओबामाको आठ वर्षको कार्यकालकै कारण चीन अहिलेको शक्तिशाली अवस्थामा आएको छ । इन्डो प्यासिफिकका विषयमा बाइडले लामो समय लिन खोजेको अवस्थामा क्षेत्रीय शक्ति देशले त्यस्तो सुविधा लामो समय दिन सक्नेछैन ।

(पन्त नयाँ दिल्लीस्थित अब्जर्भर रिर्चस फाउन्डेशन (ओआरफ)का रणनीतिक विषय अध्ययनका निर्देशक हुन् । १० फेब्रुअरी २०२१ मा टेलिग्राममा प्रकाशित यो लेेेख पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्