छिट्टै कक्षा ११ र १२को परीक्षाबारे निर्णय हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

छिट्टै कक्षा ११ र १२को परीक्षाबारे निर्णय हुने

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३०, दाङ
यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय सरकारले गरेसँगै कक्षा ११ र कक्षा १२ को परीक्षाबारे चासो बढेको छ । कतिपयले एसईई जस्तै आन्तरिक मूल्यांकनको आधारमा गे्रडिङ हुने तर्क बाहिर आइरहेका छन् ।

तर सरोकारवालाहरू भने कक्षा १२ को परीक्षा भने एसईई जस्तो नहुने बताउँछन् । विद्यालय तहको अन्तिम परीक्षा भएकाले अनुकुलता मिलाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्नेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको जोड रहेकोछ ।
कक्षा ११ र १२ को परीक्षाको विषयमा विस्तृतमा छलफल भइरहेको हुदा सकेसम्म चाँडो निर्णय हुने मन्त्रि गिरीराज पोख्रलेले वताए ।

कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने व्यवस्था शिक्षा ऐनमै गरिएको छ । परीक्षाबारे अर्को निर्णय लिन ऐनमै संशोधन गर्नुपर्ने हुन्छ ।

अन्यौल कक्षा ११ : परीक्षा नहुन पनि सक्ने

शिक्षा ऐनमा कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिनु पर्ने बाध्यकारी व्यवस्था छैन । त्यसको अर्थ हो कक्षा ११ को परीक्षा विद्यालय आफैले लिनसक्दछ । त्यसका लागि ऐन परिवर्तन गर्नु पनि पर्दैन ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला कक्षा ११ को वार्षिक परीक्षा केन्द्रले लिनु कानूनी रुपमा गलत भएको बताउँछन् । यस्तो माहामारीका बेला कानूनमै व्यवस्था नभएको परीक्षा लिनै नहुने भन्दै कक्षा ११ को परीक्षा सधैंका लागि विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था मिलाउन सुझाव दिएकाछन ।

अहिले पनि कक्षा ११ र १२को परिक्षा सम्वन्धमा छलफल चलिरहेको छ । कक्षा ११ र १२ को परीक्षाको विषयमा एक हप्ता जतिमा निर्णय हुने शिक्षा मन्त्रालयका एक कर्मचारीले वताएकाछन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्