निजी विद्यालयको हालको अवस्था, चुनौति र निकास – Kanika Khabar
Friday, April 26Nepali News Portal

निजी विद्यालयको हालको अवस्था, चुनौति र निकास

    मा प्रकाशित

अहिलेको कोरोना कहरकोबिच स्कुलको दायित्व राज्य र अभिभावकको जिम्मेवारी स्कूलको निरन्तरतामा चूनौती देखिएको छ । स्कूलसँग सम्बन्धमा चार ओटा पक्षहरु छन् :
क) अभिभावक
ख) विद्यार्थी
ग) शिक्षक कर्मचारी
घ) विद्यालय

अभिभावक
अभिभावकहरुको आर्थिक दायित्वको बोझलाई कसरी सम्बोधन गर्न सकिन्छ । न्यून आय भएका अभिभावकहरुलाई समेत ध्यानमा राखेर उचित निर्णय कि र अभिभावक मैत्री बन्ने तर सबै अभिभावकहरुको समस्या एकैनासको छैन् । मासिक आम्दानीमा कुनै पनि तल माथि नभएको अभिभावकहरुको प्रतिशत नै बढी देखिन्छ । धेरै जसोे सक्षम अभिभावहरु नै निजी विद्यालयमा आफ्ना सन्ततीहरुलाई पढाउने भएको छ निज विद्यालयहरुको संचालन सिद्धान्त भनेको Cost Recovery सिद्धान्त हो ।
विद्यार्थीः बाल मस्तिष्कमा कुनै पनि समस्या, अभाव, गलत सूचना वा दवाव यी यावत चिजहरुको सकभर अहेसास छ , दिनुहँुदैन ? त्यसैले विद्यार्थीहरुको लाव मनोविज्ञानलाई अहिले विस्तारै वैकल्पिक शिक्षण माध्यम Online class, TV, RM Radio बाट कुै न कुनै रुपमा हामी ब्मचभकक गरिसकेको अवस्था छ । विद्यार्थीमा एकाङ्कीपन एक्लोपन वा कुनै पनि मनोत्रास वा डर सबै विस्तारै कम हुँदै जान्छ र यसको सकारात्कम परिणाम हामी पाइरहेका छौँ । र विद्यार्थीका सिकाई प्रविधि मैत्री बन्दै गएको छ ।

शिक्षक कर्मचारीः
यो तीन महिनाको लकडाउन अवधिमा शिक्षक कर्मचारीमा पर्न जाने मनोवैज्ञानिक असर एकोहोरो, एकाङ्कीपन, आर्थिक समस्या लगायतका कुराहरुलाई न्यूनीकरण गर्न र शिक्षक कर्मचारीहरुको मनोवल उच्च बनाई राख्न हामी सवैको दायित्व हो । सवै कुरालाई अर्थ विज्ञानसँग जोडेर हेरिदिनु र असल सकारात्मक कुरालाई समाजले प्रोत्साहन दिने गरी अगाडि बढाईदिन पर्छ ।

विद्यालय
यो एउटा यस्तो पवित्र मन्दिर हो जहाँ एक चोटी पढेर गई सकेपछि पनि विद्यार्थी र स्कूलको सम्बन्ध चिरकालसम्म रहिरहन्छ । एउटा विद्यालयले आफ्ना विद्यार्थीको भविष्य बनाउनमा कुनै कसर बाँकी राख्दैन र अनन्तकालसम्म प्रगतिको कामना गरी राखेको हुन्छ । विद्यालयले उत्पादन विक्री गर्दैन्, सेवा दिने गर्छ । त्यो सेवा विद्यार्थीले चिरकालसम्म पाइराखेको हुन्छ । त्यसैले संघ संस्थाहरुको आयू दीर्घकालीन हुुनु पर्छ । आयु भएका विद्यालय भयो भने एकपटक सोँचौ विद्यार्थीलाई आवश्यक कागजपत्र, सिफारिस, प्रतिलिपी लगायतका पछिसम्म कुनै बेला आवश्यक पर्न सक्छ । त्यसैले पछिसम्मको विद्यालय सेवा प्रदायक हो ।
अव एक पटक सोँचौ निजी विद्यालय समाजको आवश्यकता कै उपज हो र यहाँ सञ्चालक शिक्षक कर्मचारी सवै यही माटोका उपज हुन् र देशलाई माया गरेर आफ्नै देशमा केही गरौँ भन्ने भावना बोकेर यो पेसामा लागेका हुन् । डिभी र पीआर पारेर जान पनि सक्थे । विद्यालयमा लगानी गरेपछि एकाएक केके न भैहाल्छ भन्ने मनोविज्ञानले धेरै क्षेत्रका विभिन्न पेसा व्यवसाय अङगालेकाहरुको लगानी लगाएर यसको विषयबस्तु बुझिसक्नु भएको छ । त्यसैले कहिलेकाहीँ फाटफुट किन बेचका कुराहरु पनि सुनिन्छन् जुनकुरा पीडादायी हुन्छ र राम्रो होइन । रह्यो कुरा निजी विद्यालयहरु सेवामूखी नभएर अगाडि बढेको छ । जुन Cost Recovery सिद्धान्तमा चलेको छ । राम्रो सेवा र सुविधाको चाहना राख्नेले नै यसको आवश्यकता र अपरिहार्यता हाल बनिसकेको छ । हाल बीस बाईस लाख विद्यार्थी, अढाई लाख शिक्षक कर्मचारी र सात ÷आठ हजार विद्यालय अस्तित्वमा छन् । No Pain no gain र लगानी अुसारको प्रतिफलको सिद्धान्त जहाँ पनि लागु हुन्छ र कहिलेकाहीँ उठेको कुरा पनि त्यही हो । हाम्रा निजी लगानीका विद्यालयका अभिभावक ज्यूहरु 70-75% मासिक आय भएका कर्मचारी, व्यापारी, शिक्षक, सेना, प्रहरीका वालवालिकाहरु छन् । उहाँहरुको आयमा के परिवर्तन भयो हाल र लकडाउनको अवधिमा आय आर्जन भई नै राखेको छ । बाँकी २० ÷२५ प्रतिशत अभिभावकहरुका लागि हामीले सोँच्नुपर्ने हो । जहाँ आम्दानीमा असर परेको छ । सवै ठाउँमा Jumping Theory को सही निकास आउँदैन विमर्श जरुरी छ ।
तीन महिनाभन्दा बढी भइसक्यो अव के गर्ने ? विद्यालयको शिक्षकको आफ्नो जिम्मेवारी, दायित्व र कर्तव्य हर हालतमा पूरा गरिराखेका छन् । जति समय घर्के पनि हामीले आगामी दिनमा विद्यार्थीको भविष्यलाई मध्यनजर राखेर मौजुदा दिनको ६ घण्टा पढाइ हुने ठाँउमा विहान, साँझ, शनिवार, चाडपर्वका विदा घटाएर, दिनको १० घण्टीसम्म पनि पढाएर आफनो कर्तव्य पालना गर्ने सोँचेका छौँ । त्यसवेलामा अतिरिक्त शुल्क माग नगरेका र हाल अनलाइन कक्षा को पैसा लाग्ने होइन् । हामीलाई हाम्रो पेसाको चिन्ता होइन यो पेसा प्रति प्रयोग गरिने शब्दावलीले हामीलाई विच विचमा दुखी बनाई राखेको छ । फेरि पढ्न नचाहने र पढाउन नचाहनेको लागि विकल्प त हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । हामीले हेरिसक्यौँ इन्जिनियरिङ, मेडिकल, लोकसेवा, बैंकिङ क्षेत्र सवै क्षेत्रमा ९० प्रतिशत भन्दा बढी हिस्सा निजी क्षेत्रका उत्पादनहरुले अवसर पाएका छन् । हाल एउटा उदाहरण भनौ नेपाल सरकारको प्राथमिक शिक्षकको लाइसेन्स परीक्षाको नतिजा आउँदा ५ प्रतिशत मात्र पास भएको नतिजा आएको छ । त्यसमा पनि बढ्ता निजी विद्यालयका विद्यार्थीहरुकै देखिन्छ । जव कि फाराम भर्ने लगभग २ प्रतिशत मात्र निजी विद्यालयका विद्यार्थी थिए ।
फि को सम्बन्धमा के मेडिकल, इन्जिनियरिङ, सरकारी क्याम्पस, सरकारी विद्यालयको प्राविधिक शिक्षा पढ्ने विद्यार्थी र अभिभावकले फि मिनाह पाउला ? त्यहाँ कोर्षको समयाबधिको कुरा हो भने निजी विद्यालयलाई पनि त्यही हो । जसरी पनि विषम परिस्थितिमा पनि हामी हाम्रो पाठ्यक्रमले निर्दिष्ट गरेका कुरा पूरा गछौँ । हाम्रो माग थप र अतिरिक्त हुने छैन् । फेरि पनि अहिले मात्र मासिक शुल्कको मात्र कुरा हामीले गरेका छौँ । कम्प्युटर, यातायात यी गौण नै हुन् । सुविधा उपभोग गरेवापत तिर्ने शुल्क हो । तथापि विद्यालयलाई कम्प्युटर शिक्षक, ल्याब, बस कर्मचारी, किस्ता, इन्स्योरेन्स, नविकरणका बोझ छँदै छन् । यहाँका वालवालिकाहरुको लागि हामीले यी कुराहरुलाई तयारीमा राख्नुपर्छ ।
अव एउटा चिन्तन गरौँ र हामीले भोगिसकेको कुरा हो । २०५÷०५८ सालतिर तत्कालीन माओवादी द्वन्द्वको कालमा केही जिल्लामा निजी विद्यालयहरु बन्द भए र त्यो जिल्लाहरुले अहिलेसम्म त्यो शैक्षिक नोक्सानको भपाई गरिराखेका छन् । उदाहरणको लागि टाढा जानु पर्दैन छिमेकी जिल्ला प्यूठान र सुर्खेतको बारेमा अध्ययन गरे पुग्छ । र अहिले दाङ भन्दा सुर्खेत लगभग १ दशमलव ५ गुणा बढी शिक्षण शुल्क विद्यालय सञ्चालन भईराखेको अवस्था छ र अभिभावकहरुले सहयोग गरिराख्नु भएको छ ।
अन्तमा अहिले हाम्रो निजी विद्यालयको भनाई शैक्षिक सत्र २०७६ को चैत्र मसान्तसम्मको वाँकी बक्यौता तिरी विद्यालयलाई सहयोग गरिदिनुस् ।
नेपाल सरकारले आषाढ १५ गतेसम्म अभिलेखिकरण गरी सक्नुपर्ने भनी परिपत्र गरिसकेकोले विद्यार्थीको नयाँ भर्ना र अभिलेखीकरण गर्न सहयोग गरिदिनुस् किनभने विद्यालयलाई आफ्नो योजना वनाउन, शिक्षक कर्मचारीको व्यवस्थापन गर्न सजिलो होला ।
मासिक फि को सम्बन्धमा छलफल गरौँ । अभिभावक, शिक्षक, विद्यार्थी र विद्यालय एउटै परिवार हो । जहाँ मायाप्रेमको भावना छ । त्यसैले को कसले केके त्याग गर्नुपर्ने हो गर्नुपर्छ । हामी विद्यालय सञ्चालक तयार छौँ । अहिले विषयबस्तुको गहिराई र मर्म नबुझेर धेरै किसिमका टिकाटिप्णी र केही आपत्तिजनक शब्दावलीहरुको प्रयोगले हामी यस क्षेत्रमा लागेका व्यक्तिहरुको मन दुखेको छ । के यो अढाई लाख व्यक्ति पनि बेरोजगारीको भीडमा थपिऊन, निजी विद्यालयहरु बन्द होस् भन्ने चाहाना राख्नेहरुले विश्वका धेरै देश र कम्युनिष्ट माओको देश चाइनामा पनि निजी विद्यालयहरु छन् भन्ने जानकारी नराखेकै हो त ? हो हामीले पहिले सरकारलाई हाम्रो पेसा, व्यवसायका कर र शिक्षक कर्मचारीको तलवका लागि केही सुलभ ऋणको उपलब्ध गराईदिनुस् हामी व्याज सहित फिर्ता गर्छौ भनेका थियौँ । सरकारले सुनेन र अन्तमा अभिभावकलाई हामीले अनुरोध गरिराखेका छौँ । त्यो पनि भएन भने आषाढको अन्त्यबाट हामी हाम्रा गतिविधिहरु बन्द गरेर शिक्षक कर्मचारीहरुलाई एकखाले सुचना गरेर अरु केही गर्ने सोंच बनाउन बाध्य हुनेछौँ । कल्पना गरौँ त त्यो कति पीडादायी होला । सबैले कामना गरौँ राम्रो दिन छिट्टै आओस् । हामी यो महामारीका साथ साथै आर्थिक गतिविधिमा तीव्र गतिमा यो कोभिड १९ को साथसाथै अगाडि बढ्न पर्नेछ । सबैको सुस्वास्थ्यको कामना गर्दै मूलूक यो विषम परिस्थितिबाट पार पाओस् उँभो लागोस् । सबैलाई, शुभकामना । नेपाल आमाको जय ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्