सोलार सिस्टम अज्ञात समुहले तोडफोड गर्दा टावर वन्द – Kanika Khabar
Friday, April 26Nepali News Portal

सोलार सिस्टम अज्ञात समुहले तोडफोड गर्दा टावर वन्द

    मा प्रकाशित

हस्त चौलागाई
भदौ ५,कालिकोट ।
संघिय सरकारको ८८ लाखको लगानीमा बनेको नेपाल टेलिकमको टावर नजिकै जोडिएको सोलार सिस्टम अज्ञात समुहले तोडफोड गरेपछि टेलिकमको सेवा अवरुद्ध भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर सात पिलीमा संचालित नेपाल टेलिकमको टावर सिस्टम चल्ले सोलार सिस्टम अज्ञात समुहले तोडफोड गरेको हो ।
सोलार तोडफोड पछी नेपाल टेलिकमका सेवाग्राही सम्पर्क विहिन भएका छन् । स्थानीयको दुइ लाख श्रमदान र संघीय सरकारको ८८ लाख लगानीमा बनेको नेपाल टेलिकमको टावर अज्ञात समुहले तोडफोड गरेका खाँडाचक्र नगरपालिका वडा नम्बर सातका वडा अध्यक्ष रजबहादुर मल्लले बताउनुभयो । तोडफोड पछी स्थानीयबासीले फोन गर्न पुनः डाँडाकाँडा धाउनुपर्ने अवस्था आएको छ । सात हजार वाट सोलार सिस्टम रहेकोमा सवै सोलार सिस्टम तोडफोड गरेपछि टावरले राम्रो काम नगरहेको उहाँले बताउनुभयो । प्रहरीले भने अज्ञात समुहको खोजी कार्य जारी रहेको जनाएको छ । अज्ञात समुहले टावर अवरुद्ध हुने गरी तोडफोड गर्ने जो कोहीलाई कानुनी कार्वाही सहित क्षतिपुर्ति समेत तिराइने कालिकोटका जिल्ला प्रहरी प्रमुख, डिएसपी श्यामबाबु ओलियाले बताए । सोलार सिस्टम तोडफोड हुँदा चार वटा स्थानीइ तहका सेवाग्राही सम्पर्क विहिन भएका छन् । खाँडाचक्र नगरपालिका वडा नंम्बर पाँच, ६, सात, आठ, नौ र १० का सम्पुर्ण सेवाग्राही सम्पर्क विहिन छन् । यस्तै जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिकाकाका नागरिकले झन समस्या भोग्नु परेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्